काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी)ले ग्लोबल मनी विक विभिन्न कार्यक्रम गरी मनाएको छ । यही चैत्र चार गतेदेखि १० गतेसम्म ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको संस्थाले जानकारी दिएको छ ।
वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्देश्यका साथ थिंक बिफोर यु फलो, वाइज मनी टुमारो भन्ने नारालाई आत्मसात गर्दै केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ वटै शाखा कार्यालयबाट संस्थामा आबद्ध सदस्य तथा विशेषगरी विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आबद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरूमा आधारित उक्त कार्यक्रमबाट एक हजार दुई सय २० जना छात्रछात्रासहित करिब १२ हजार जना लाभान्वित भएको संस्थाले जानकारी दिएको छ ।