काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ बिन्दुमा चढेको छ । अघिल्लो दिन झण्डै २४ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि तीन दशमलव ३५ अंकले बढेपछि २७ सय तीन दशमलव ३९ बिन्दुमा पुगेको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३० अंकले उकालो लागेर चार सय ५० दशमलव शुन्य आठ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ६९ हजार ८९ पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार नौं सय ९८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ८४ करोड ४६ लाख ४२ हजार चार सय ८७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा र अन्य र उपसमुहहरुको उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।