काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ । यी अफरअन्तर्गत ग्राहकहरूले सधैँ अन रिन्युअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउँछन् ।
यी दुवै अफरहरू बिहीबारबाट लागू भएको र वैशाख १६ गतेसम्म मान्य रहनेछन् । एनएसएल डबल डेटा अफरअन्तर्गत करसहित तीन सय ९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्युअल प्याकहरू ग्राहकले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्छन् । कम्पनीका अनुसार सात सय ९९ रुपैयाँको मासिक सधैं अन रिन्युअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरू ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवाबाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्छन् । यो डबल डेटा बोनस अफर हाल सञ्चालनमा रहेका सबै सधैं अन रिन्युअल प्याकका प्रयोगकर्ताहरूका साथै अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई पनि लागू हुनेछ । यो अफर ग्राहकहरूका लागि निकै फाइदाजनक रहेको कम्पनीले जनाइको । कम्पनीका अनुसार बोनस डेटा पहिले प्रयोग हुने भएकाले प्याकमा पाइने डेटालगायतका बाँकी सेवाहरू क्यारीओभर अर्थात् थपिएर अर्को महिनामा पाइन्छ ।
हाल एनसेलले सधैं अन रिन्युअल योजनाअन्तर्गत डेटा, भ्वाइस र एसएमएस सेवाहरू बन्डल भएको छ वटा मासिक रिन्युअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड युट्युब डेटा र राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । करसहित सात सय ९९ रुपैयाँ, नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ को रिन्युअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन एक हजार रुपैयाँका दरले अधिकतम १० हजार रुपैयाँसम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्छन् ।
अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत ५० रुपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनसस्वरूप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्छन् ।