काठमाडौं, साउन १४ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयर धितो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार आफ्ना ग्राहकलाई लक्षित गरी‘सांग्रिला सेयर कर्जा योजना’ सार्वजनिक गरिएको हो । यस योजनामा नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा सेयर खरिद अगाडिनै कर्जासीमा प्रदान गरिने तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिने बैंकले जानकारी दिएको छ । कर्जा योजना अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार कर्जासीमा थपघट गर्न सक्नेछन् ।बैंकले हाल सबै क्षेत्रमा गरी ९१ शाखा कार्यालयहरू र ३० एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।