काठमाडौं, साउन १४
कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरूमा छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । ग्राहकहरूलाई समयसापेक्षरूपमा उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने क्रममा उक्त सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार सम्झौतापश्चात् डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई कुमारी बैंकको कार्डमार्फत भुक्तानी गर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरूमा खानपानमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, ग्राहकहरूले होटेल बसाइमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा बैंकका तर्फबाट बैंकका रिलेसनसिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिकरूपमा उक्त छुटसम्बन्धी सम्झौता गरिएको हो । बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय तीनवटा शाखा सञ्जाल, एक सय ३८ वटा एटीएम, २२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आइरहेको छ आगामी दिनहरूमा पनि बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।