काठमाडौं । कजारियाले कलंकीमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । राम इम्पोर्ट हाउसद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
सोरुमको नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौंका पूर्वअध्यक्ष कुशकुमार जोशीले संयुक्तरूपमा उद्घाटन गरे । साथै, कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थिति रहेको थियो ।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुम विस्ताको उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु रहेको बताए ।
कलंकीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमलाई कजारियाले महत्वपूर्ण उपलब्धि मानेको छ ।