काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । सोमबारदेखि सुरु भएको यो क्याम्पेन वैशाख ७ गतेसम्म चल्नेछ ।
‘नयाँ वर्ष फिस्ट’ क्याम्पेनमार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, फ्ल्यास सेलअन्तर्गत जम्मा ८२ रुपैयाँमा निश्चित खाने कुराहरू उपलब्ध हुनेछन् भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ‘डबल द जोय’ अफरहरूमा ‘बाइ–वन–गेट–वन’ अफर समावेश गरिएको छ ।
‘फुडमान्डुुुको साथ बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ सुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने कम्पनीको लक्ष्य रहेकोे छ । यो क्याम्पेनअन्तर्गत ग्राहकहरूले आफ्नो लागि परिवारका लागि अथवा साथीभाइका लागि विशेष छुटमा स्वादिष्ट परिकारहरू मगाएर अझ रमाइलो समय बिताउन सक्नेछन् । फुडमान्डुले गुणस्तरीय र भरपर्दो डेलिभरीमार्फत ग्राहकहरूलाई उनीहरूको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य सहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ ।