काठमाडौं । इनड्राइभको ‘राइड एन्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सकिएको छ । ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको क्याम्पेनमा नेपालभरका इनड्राइभका ड्राइभरहरूले सहभागिता जनाएका थिए ।
प्लाटिनम ड्राइभर गिभअवेअन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनमस्तरमा पुग्नुपर्ने थियो । त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म तिनीहरूले गरेका राइडहरूको आधारमा विजेता छनोट गरिएको थियो । यस अवधिमा धेरै राइड गर्ने ड्राइभरहरू जित्ने अवसरमा अगाडि थिए । यो योजनाका विजेताहरूको घोषणा इन्स्टाग्राममा प्रत्यक्ष प्रसारणमार्फत गरिएको थियो । कम्पनीका अनुसार राजु योञ्जनले बजाज पल्सर एक सय ५० सिसि जितेका छन् । यस्तै, सामसङ ग्यालेक्सी ए५५ फाइभजी विवेक खत्री, सुरेन्द्र डंगौरा र विशाल तामाङले जिते भने एमआई ३२ इन्च एचडी स्मार्ट एलइडी टिभी सुमन बास्केट, सुमन तामाङ, जगत नगरकोटी र सन्तोष नगरकोटीले जितेको कम्पनीले जनाएको छ ।
यसैगरी ११÷११ जनाले अल्टिमा नोभा प्रो स्मार्टवाच र अल्टिमा बुस्ट २०के प्रो २०००० एमएएच पावरब्याङ्क जिते । अल्टिमा एटम एक सय ९२ ब्लुटुथ इयरबड्स भने १० जनाले जितेका थिए । यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने, र इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । स्मार्टफोन, स्मार्टवाच, पावरबैंकजस्ता प्रविधिमैत्री पुरस्कारमार्फत यो क्याम्पेनले ड्राइभरहरूको अनुभवलाई थप समृद्ध बनाउने प्रयास गरेको छ । इनड्राइभ नेपालका ड्राइभर अपरेसन्स स्पेसलिस्ट, सुनिता जिमी राईले आगामी दिनमा ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउने प्रतिवद्धता जनाइन् ।