काठमाडौं । ट्रेड टावर लिमिटेडले साधारण सेयर जारी गर्नका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३९ करोड ७१ लाख ६९ हजार तीन सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार छ सय ९३ कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ ।
कम्पनीले विसं २०७९ असार १४ गते साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएको यति लामो समय अर्थात् झण्डै ३२ महिनापछि कम्पनीले साधारण सेयर जारी गर्नका लागि अनुमति पाएको हो । अनुमति पाएलगत्तै कम्पनीले छिट्टै नै सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गर्ने तयारी गरेको छ ।