मोरङ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले औचित्यहीन राजतन्त्र पुन:स्थापना नहुने बताए । संविधान संशोधन आवश्यक भएको बताउदै नेता नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे ।