काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जाविज्ञ प्रबल अधिकारीले राजीनामा दिएका छन् । नेपाल विद्युत् प्राधिकरणमा रहँदा तत्कालीन एमडी कुलमान घिसिङका विश्वासपात्र अधिकारी प्राधिकरणबाट अवकाश लिएपछि ऊर्जा मन्त्रालयमा विज्ञका रूपमा नियुक्त भएका थिए ।
अधिकारीले आफ्नो पदबाट मंगलबार राजीनामा दिएका हुन् । आफ्ना घरायसी कारणले काम गर्न नसक्ने भन्दै राजीनामापत्रमा उल्लेख गरे पनि पछिल्लो समयमा उनको ऊर्जामन्त्री दीपक खड्कासँग टसल पर्दै आएको थियो । घिसिङपछि आफू प्राधिकरणको एमडी बन्न पाउनुपर्ने लबिङ अधिकारीले गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा कुलमान दोस्रो पटक एमडी नियुक्ति हुँदा फ्याँकिएका हितेन्द्रदेव शाक्य परेपछि अधिकारी विचलित बनेका थिए । अधिकारी मुकेश काफ्ले एमडी रहँदा पनि उनकै विश्वासपात्र थिए । उनीमाथि सबैसँग मिलेर अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन गरिरहेको छ ।