काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले न्यूनतम अंकित मूल्य तीन सय रुपैयाँ तोकेर २९ हजार कित्ता संस्थापक सेयर बिक्रीको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार सेयर खरिद गर्न चाहनेहरूले सेयरको न्यूनतम बोलकबोल मूल्य तोकेर ३५ दिनभित्र संंस्थामा आवेदन दिनुपर्नेछ ।