काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड, डीबीए हिल्टन होटल, काठमाडौंसँग सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरू, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहकहरू, स्मार्ट युजरहरू र माछापुच्छ्रे बैंकका कर्मचारीहरूलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरूले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा दुई सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा दुई सय चार वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।