काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य एक तोलाको रु. एक लाख ८६ हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

गत शुक्रबार प्रतितोला रु. एक लाख ८५ हजारमा कारोबार भएको सुन आइतबार तोलामा एक हजार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।