काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । बिसं २०८१ सालको अन्तिम दिन अर्थात आज आईतबार नेप्से परिसुचक आठ दशमलव ६२ अंकले घटेर २६ सय ६२ दशमलव आठ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४० अंकले उकालो लागेर चार सय ४६ दशमलव ४४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ५४ हजार तीन सय ६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार तीन सय २८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम छ अर्ब २८ करोड दुई लाख ९६ हजार दुई सय ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन निर्जीवन बीमा, लगानी र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।