काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरूले मनाइने विविध चार्डपर्व तथा सांस्कृतिक झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेकोे छ । क्यालेन्डरमा क्यापिटलले दिने सेवाबारे ग्राहकहरूलाई सजिलै जानकारी दिनुका साथै सोमा ग्राहकहरूलाई लगानी तथा वित्तीय साक्षरतासम्बन्धी सन्देश पनि दिएको छ । उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोडसहितको सुविधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सोको क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको छ ।
कुनै पनि कम्पनीका प्रथमतः कर्मचारी नै ब्रान्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारीमार्फत नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रोडक्ट तथा योजनाहरू क्यालेन्डरमा प्रस्तुत गरेको छ । यसका साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चार्डपर्वहरूमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिँदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहारस्वरूप भविष्यमा लगानी वृद्धि हँुदै जाने खालका वित्तीय साधनहरू दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरूले वित्तीय सुरक्षा समेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिएको छ ।
मर्चेन्टसम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा दुई लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादीस्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुविधा दिएको छ भने ग्राहकले अनलाइनमार्फत समेत डिम्याट तथा पीएमएसको सेवा लिन सक्ने छन् । साथै, क्यापिटलले हालमा लगानीका नयाँ प्रोडक्ट, एसआईफ, कर्पोरेट एडभाइजरी तथा एसआईपी थपेको छ भने सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।