काठमाडौं । विश्वप्रसिद्ध एसेसरिज ब्रान्ड ‘म्याकडोडो’ नयाँ वर्षलाई लक्षित गर्दै आफ्ना पाँच प्रोडक्टमा १० प्रतिशत छुट दिने भएको छ । कम्पनीले वैशाख १ देखि १० गतेसम्म यो छुट उपलब्ध गराउन लागेको हो ।
कम्पनीका अनुसार यो अफर हालै नेपाली बजारमा सार्वजनिक गरिएका पाँच नयाँ प्रोडक्ट सीएच–४११० स्मार्ट चार्जर, सीएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी–४४९० इयरबड, एचपी–१४४० हेडफोन तथा बीएस–१४१० वायरलेस स्पिकरमा मात्रै लागू हुने जनाएको छ । कम्पनीले केही समय अगाडि मात्रै यी प्रोडक्टहरू नेपालमा सार्वजनिक गरेको थियो । कम्पनीले सीएच–४११० मोडेलको स्मार्ट चार्जरमा जीएएन टेक्नोलोजी प्रयोग गरिएको छ । यो आकर्षक चार्जरको मूल्य नेपालमा छ हजार एक सय रुपैयाँ तोकिएको छ ।
यस्तै, म्याकडोडोको सीएच–४०२०–४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको १सी फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ । सेतो र कालो गरी दुई रङमा उपलब्ध यो चार्जर मात्र दुई हजार एक सय रुपैयाँमा उपलब्ध रहेको छ । त्यस्तै, एचपी–४४९० मोडेलको स्लिप मोड इयरबड अल्ट्रा थिन डिजाइनमा उपलब्ध छ । उक्त इयरबड विशेषगरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको कम्पनीले जनाएको छ । १२ महिनाको वारेन्टी रहेको यसको मूल्य तीन हजार चार सय रुपैयाँ तोकिएको छ ।
यसैगरी कम्पनीको एचपी–१४४० हेडफोनमा एक्टिभ न्वाइज क्यान्सिलेसन टेक्नोलोजी रहेको छ । यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन मोडको टाइम ३० देखि ३५ घण्टा छ । साथै, यसमा वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ छ भने स्टेबल कनेक्सन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ । उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोलुम कन्ट्रोल तथा आईपीएक्स–३ वाटरप्रुफ स्ट्यान्डर्ड छ । यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी छ भने छ हजार पाँच सय रुपैयाँमा उपलब्ध छ ।
त्यस्तै, बीएस–१४१० मोडेलका पोर्टेबल वायरलेस स्पिकरमा आइपीएक्स४ वाटरप्रुफ, ह्यांगिङ स्ट्याप, डायाफाम, डुअल फाइभ डब्लु स्पिकर, ५ं.१ ब्लुटुथ, १२०० एमएएचलगायत विशेषता छ । यसमा पनि १२ महिनाको वारेन्टी छ भने पाँच हजार चार सय रुपैयाँमा उपलब्ध छ । ग्राहकले देशभरि रहेका विभिन्न खुद्रा विक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट म्याकडोडोका एसेसरिज सजिलै खरिद गर्न सक्नेछन् । नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रालि रहेको छ ।