काठमाडौं, साउन १५
सेयर बजार परिसूचक पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै आठ अंकले ओरालो लागेको बजार परिसूचक साताको चौंथो कारोबार दिन बुुधबार पुुनः २३ दशमलव ३६ अंकले ओरालो लागेर १४ सय ३१ दशमलव ५२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन पाँच दशमलव १८ अंकले ओरालो लागेर तीन सय दशमलव ४९ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८७ कम्पनीहरूको २४ हजार दुई सय २४ वटा कारोबार भएका छन् । जसअनुसार ३८ लाख ३९ हजार छ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये सबै समूहको सूचक ओरालो लाग्दा सेयर बजार पूरै रातो भएको छ । वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ७६ अंकले ओरालो लागेर १२ सय ३३ दशमलव ४९ अंकमा पुग्दा विकास बैंक समूहको सूचक २१ दशमलव ५५ अंकले ओरालो लागेर १८ सय छ दशमलव १० अंकमा पुुगेको छ । जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव २४ अंकले ओरालो लागेर नौ सय ६१ दशमलव ४९ अंकमा पुुग्दा लघुुवित्त समूहको सूचक पनि ५५ दशमलव ६९ अंकले ओरालो लागेर २४ सय ३२ दशमलव ९९ अंकमा पुुगेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ५९ दशमलव ८७ अंकले ओरालो लागेर छ हजार पाँच सय २६ दशमलव १३ अंकमा पुुगेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९० दशमलव ८२ अंकले ओरालो लागेर आठ हजार पाँच सय ६१ दशमलव १४ अंकमा पुगेको छ । यीबाहेक टेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव २४, ५९ दशमलव पाँच, छ दशमलव ४२, ४९ दशमलव सात र शून्य दशमलव १६ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० रुपैयाँले बढेर ५५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० रुपैयाँले बढेर ६६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पाँचथर पावर कम्पनी, मिर्मिरे लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संंस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ४५ पैसाले घटेर १४ सय ८५ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रुपैयाँ ४० पैसाले घटेर १२ सय १३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक स्पर्श लघुुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।
उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ८४ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ७१ लाख एक सय पाँच रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय ४३ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ८१ लाख ३३ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।