काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्षा नेपालललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनीय कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे हो । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुनस्र्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सिप, शिक्षा, काउन्सिलिङ, कानुनी सहयोग, आत्मरक्षा र आत्मजागरूकतामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।
बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामग्रीहरू हस्तान्तरण गरेको हो । बैंकको यो सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै उनीहरूले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरू गर्दै जान हौसला मिलेको कुरा बताए । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा संस्थाको सञ्चालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।