काठमाडौं,साउन १५ नेपाल बंगलादेश बैंकले बाढीपिडितलाई सहयोग गरेको छ । बैंकले असार महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गतका विभिन्न वडाहरूमा बाढीपहिरोको कारणले प्रभावित स्थानीयवासीहरूलाई आर्थिक सहायता उपलब्ध गराएको हो । उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरूलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत राहत वितरणका निम्ति बाह्रबीसे नगरपालिकामार्फत आर्थिक सहयोग स्वरूप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त बाढी तथा पहिरोको कारण हुनगएको क्षतिप्रति नेपाल बङ्गलादेश बैंक बाह्रबीसे शाखा तथा बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।