काठमाडौं । विदेशबाट आएउँदै गरेका एक जना युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभद्र व्यवहार गरेका तीनजना प्रहरी कर्मचारीमाथि छानबिन हुने भएको छ । सामाजिक संजालमा चर्को आलोचना भएपछि प्रहरीले दबाब थेग्न नसकेर छानबिन गर्न लागेको हो ।
चैत ३१ गते दुबईबाट नेपाल फर्किएका सञ्जय ओझालाई उनीहरूले हातपात गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।प्रहरीले विमानस्थलको आगमनकक्षाबाट नियन्त्रणमा लिएर झालाई कुटपिट गरेका थिए ।
विमानस्थलको नियम पहिले र अहिल फरक भएको रहेछ । प्रहरीले सम्झाईबुझाई गर्नुको साटो हातपात गरेर आफूमाथि दुर्व्यवहार गरेको सञ्जयले बताएका छन् । झालाई दुव्र्यवहार गर्ने तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षागार्डबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन थालिएको पाईएको छ ।