काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रालिबीच कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंक र होटलबीच व्यावसायिक साझेदारीको लागि वैशाख २ गते एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । वैशाख २ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रालिमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।