काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागसिप ग्यालेक्सी एस२५ अल्ट्रा एक टीबी नेपाली बजारमा लन्च गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस एक टीबीको विशाल स्टोरेज, एडभान्स्ड ग्यालेक्सी एआई फिचरहरू र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।
कम्पनीका अनुसार यसमा रहेको एक टेराबाइटको विशाल स्टोरेजले फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ । अरू भेरियन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ एक टीबी भेरियन्टले कार्यक्षमता र सिर्जनात्मकता दुवैलाई नयाँ उचाइ दिने जनाइएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस२५ अल्ट्रा एक टीबी मोबाइल एआईको यात्रामा एक महत्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमताहरू, स्मार्ट सहयात्रीको अनुभव र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्ने बताइएको छ ।
यो फोनको मूल्य नेपालमा दुई लाख ३४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो नयाँ फोन वैशाख ४ देखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ । सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधामार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ शून्य प्रतिशत व्याजमा ग्यालेक्सी एस२५ अल्ट्रा एक टीबी मासिक ११ हजार एक सय ५० रुपैयाँ ईएमआईसम्मबाट प्राप्त गर्न सकिनेछ । यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षको एक पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ । पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबको फोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।