काठमाडौं । एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरूसहित विभिन्न नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ । आमग्राहक माझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरू सञ्चालनमा ल्याएको हो ।
भ्वाइस सेवामा, एनसेलले ३९ देखि पाँच सय ९९ रुपैयाँसम्म शुल्क पर्ने छ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, यसमा सात दिनको लागि मात्र एक सय ९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकले दिनको मात्र २८ रुपैयाँ तीन पैसामा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले तीन दिनका लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, यसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, पाँच सय ९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने नौ सय ९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।
भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आईएलडी) प्याक सञ्चालन गरेको छ । यसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र दुई रुपैयाँ ९९ पैसामा (करबाहेक) फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले दुई आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले तीन दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् ।
यस्तै, दुई हजार चार सय ९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रतिदिनको खर्च मात्र २९ रुपैयाँ आठ पैसामा झारेको छ । साथै, सधैं अन प्याकअन्तर्गत एनसेलले एक हजार नौ सय ९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई एक हजार एक सय ९९ रुपैयाँमा ८४ दिनका लागि एक हजार एक सय ९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ । ग्राहकहरूले यी प्याकहरू ८१२३३ डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् ।
यसैगरी, एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्युअल प्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत तीन सय ९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्युअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्छन् । त्यसैगरी, एनसेल एपमार्फत खरिद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र एक सय ५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन् ।