काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन सात अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार २६ दशमलव ४९ अंकले उकालो लागेर २७ सय २२ दशमलव ७३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज छ दशमलव ३९ अंकले उकालो लागेर चार सय ५८ दशमलव २२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ९० हजार पाँच सय ५५ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ३७ लाख ७३ हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।