काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्याक्तिको नाममा लैजाने भूमिका खेलेको भन्दै दुई प्रधानमन्त्री लगयत तत्कालीन मन्त्रिपरिषद्को निर्णय बिरुद्ध दिएको मुद्दाको फैसला आज हुने भनिएपनि दुबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएका छ ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले गत वर्ष कर्मचारी र जग्गा किन्नेहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र तत्कालीन मुख्य सचिव लिलामणि पौडेललाई उन्मुक्ति दिएको भन्दै रिट दायर भएको थियो ।
न्यौपानेले यसअघि अख्तियारलाई विपक्षी बनाएर बाबुराम, माधव नेपाल र लिलामणीलाई मुद्दा चलाउन माग गर्दै दायर गरेको रिटमाथि ५ वर्ष पुग्दा पनि फैसला भएको छैन । गत वर्ष सोही मुद्दामा फेरि सीआईबीले अनुसन्धान गरेर मुद्दा दायर भएको थियो ।