इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।
आगलागी हुँदा पाँच परिवार स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए ।
आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
स्थानीय बाबुन्द गोइतको घरबाट आगलागीहुँदा गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।