काठमाडौं । काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो ।
चितवनमा विद्यार्थीहरूलाई सही परामर्श र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण गर्ने हेतुले चितवनमा शाखा विस्तार गर्न लागेको ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले बताइन् । ‘हामीले काठमाडौंमा जसरी विद्यार्थीहरूलाई सही परामर्श दिइरहेका छौँ’ उनले भनेकी छिन्, ‘चितवनमा पनि विद्यार्थीहरूलाई आफ्नो अध्ययनको सपना पूरा होस् भन्ने हेतुले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेका हौँ ।’ उनले चितवनमा निःशुल्क भाषा शिक्षणका कार्यक्रमहरू सञ्चालन गर्ने बताएकी छन् । ‘आईईएलटीएस, पीटीई, डिस्याट, ड्युलिङ्गोजस्ता भाषा कक्षाहरू हामीले काठमाडौंमा निःशुल्क गरिरहेका छौँ,’ उनले भनिन्, ‘विद्यार्थीहरूलाई आर्थिक भार नपरोस् भनेर हामीले भविष्यमा खुल्ने नेपालका अन्य शाखाहरूमा पनि भाषा शिक्षण निःशुल्क गर्नेछौँ ।’ यस्तो गर्दा विद्यार्थीहरूले यसको भरपूर फाइदा उठाउन पाउने उनले जानकारी दिइन् ।
अस्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्यान्ड, आयरल्यान्डलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेको ब्रेनब्रिज एजुकेसनले चितवनबाट सेवा दिन पाउँदा खुसी भएको जनाएको छ । साथै, ब्रेनब्रिज एजुकेसनले चितवनमा प्लस टु तथा ब्याचलर्समा विभिन्न संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुग्ने हिसाबले छात्रवृत्ति उपलब्ध गराउने तयारी पनि गरेको छ । यसका लागि केही समयपछि छात्रवृत्ति आवेदन खुलाउने र यसमा चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूले आवेदन दिनसक्ने ब्रेनब्रिज एजुकेसनले जनाएको छ । यो चितवनमा अहिलेसम्म प्रदान गरिएको सबैभन्दा ठूलो छात्रवृत्ति हुने ब्रेनब्रिज एजुकेसनको दाबी छ । ‘यसमा प्रत्येक वर्ष हामीले एक सय विद्यार्थीको हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछौँ,’ दवाडीले भनिन् ।