काठमाडौं । मितेरी डेभपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड २४ लाख ५६ हजार दुई सय ५५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा छ करोड ८२ लाख ७८ हजार नौ सय ६५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा छ अर्ब १७ करोड ६४ लाख ९८ हजार दुई सय ५५ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४५ करोड ३२ लाख ३६ हजार एक सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २६ लाख ४२ हजार नौ सय २५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ४२ करोड ७१ लाख ३५ हजार पाँच सय ५२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६३ करोड ७२ लाख १४ हजार पाँच सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ३४ लाख ६५ हजार दुई सय ४१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।