काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सार्वजनिकरूपमा सूचना जारी गर्दै सेयर बिक्री प्रबन्धकको नियुक्तिबारे जानकारी दिएको हो ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनएमबी क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंलाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो । आगामी दिनमा सगरमाथा जलविद्युत् कम्पनीको सेयर रजिस्ट्रारअन्तर्गतको सम्पूर्ण कार्यहरू एनएमबी क्यापिटलमार्फत हुनेछ ।