काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ७१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड २४ लाख ७८ हजार सात सय १० रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा ४० करोड ३८ लाख पाँँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८८ करोड ७८ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ९२ लाख ४८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।