काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले यही वैशाख दुई गते काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्था बैङ्क्वेटमा छैठौं साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको सञ्चालक समितिको अध्यक्ष लोकराज शर्माको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र सर्वसाधारणका लागि थप सेयर निष्काशन (एफपीओ)सम्बन्धी प्रस्तावहरू पारित गरेको छ । सभामा सेयर सदस्यहरूले आफ्ना विभिन्न सुझाव, सल्लाह र जिज्ञासाहरू राखेका थिए । ती सबै जिज्ञासाको उत्तर अध्यक्ष शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले दिएका दिए । सभामा स्वागत मन्तव्य सञ्चालक सुष्मा गौतमले दिएकी थिइन् भने सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मी प्रसाद शर्माले गरेका थिए ।