काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक १६ दशमलव ६८ अ्रंकले ओरालो लागेर २७ सय छ दशमलव चार बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ७४ हजार ४५ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड १३ लाख २३ हजार नौं सय ६७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र व्यापार उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको भएपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।