काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य (हालसम्मकै उच्च) तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको जनाएको छ ।