काठमाडौँ । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरी शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

ती व्यक्तिले आफू विद्यार्थीको अभिभावक भएको बताउँदै शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएपछि उनलाई शिक्षकहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । शिक्षकहरूले उनलाई प्रहरीको जिम्मा लगाउनु अघि सामान्य कुटपटि गरेका थिए ।