काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेकोे नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार सात दशमलव ७५ अंकले ओरालो लागेर २६ सय ९८ दशमलव २८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ८१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ७८ हजार छ सय ७८ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् ।