रूपन्देही । रूपन्देहीको दानव नदीमा सोमबार तीन जना बालक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सोमबार दिउँसो नदीमा बेपत्ता बालकहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको जानकारी दिए ।
नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेर उनीहरूको खोजीकार्यमा परिचालन भएका छन् ।