काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले एनसेलसँग मिलेर ‘न्यु यियर, न्यु मी विद एनसेल एन्ड रियलमी’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत प्रयोगकर्ताले एनसेलको सात दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो । नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ । कम्पनीका अनुसार ८/१२८ जीबीको लागि मूल्य २६ हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जीबीको लागि २९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ । वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ भएको कम्पनीको दाबी छ ।
यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुने जनाइएको छ ।