काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको स्काइवाक टावर, कमलादीमा एक कार्यक्रमको आयोजना गरी उक्त फोन सार्वजनिक गरेको हो ।
मोबाइल सार्वजनिक कार्यक्रममा ६५०० एमएएच क्षमताको ब्याट्रीलाई मुख्य विशेषता स्वरूप उजागर गरिएको थियो । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सु–सज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएचसम्मको रिभर्स चार्जिङ, साथै इमरजेन्सी पावर सेभिङ मोडको सहायताले एक प्रतिशत ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ । साथै, पाँच वर्षसम्मको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि दिन्छ । भिभो वाई–२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रिडी कभर्ड ब्याकप्लेट र मेटालिक हाई–ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुवै प्रदान गर्छ । नोबल ब्राउन र एलिगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो तथा भिडियो अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ ।
फोनमा प्रयोग गरिएको सट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास फ्रुफ बनाउँछ । प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई–२९ अत्यन्तै प्रभावशाली छ । ८/८ जीबीको विस्तारित ¥याम र २५६ जीबी स्टोरेजले गर्दा मल्टिटास्किङ झन्झटरहित मल्टिटास्किङको सुनिश्चित गर्छ । एक सय २० हर्ट्ज रिफ्रेस रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्यान्ड लोब्लू लाइट डिस्प्ले र चार सय प्रतिशत अडियो बुस्टसहितको डुअल स्टिरियो स्पिकरजस्ता फिचरहरूले मनोरञ्जनलाई अझ जीवन्त बनाउँछ । फोटोग्राफीप्रेमीका लागि भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई– ईरेज र एआई–फोटो इनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै, एआई– सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसनजस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउँछन् ।
भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई–२९ एक यस्तो स्मार्टफोन हो, यसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ ।