काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर छनोटको लागि बनेको गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । गभर्नर सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पटक–पटक आग्रह गर्दा एक पटक पनि बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन् ।
नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैत्र २४ गते सकिने भए पनि सरकारले २०८१ चैत १८ गते मात्रै गभर्नर सिफारिस समिति गठन गरेको थियो । समिति गठन भएपछि हालसम्म एक पटक पनि बैठक बस्न सकेको छैन । दलीय भागबन्डा र बिचौलियाहरूको स्वार्थ समूह हावी हुँदा गभर्नर छनोटको लागि एक पटक पनि बैठक बस्न नसके पनि भट्टराईले राजीनामा दिएका हुन् ।