खाँदबारी (सङ्खुवासभा) कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड बुधबार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।