काठमाडौं । भारतको कस्मिर क्षेत्रमा भएको घटनामा नेपाली युवा सुदिप न्यौपानेको मृृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।

केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा रहेका बेला नेपालमै इन्जिनियरिङ अध्ययन गरिरहेका न्यौपानेको आक्रमणमा परेर निधन भएको लेखकले बताए । घटनाका बारेमा यथार्थ बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको लेखकले जानकारी गराए ।