काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १० अंंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ३२ दशमलव ३८ अंकले ओरालो लागेर २६ सय ५५ दशमलव ९४ अंकमा बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८६ अंकले ओरालो लागेर चार सय ४६ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ६४ हजार एक सय ४० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।