काठमाडौं केहि दिन पहिले समातिएको २५ करोडका मालिक मध्येका एक हाल फरार रहेका बच्चु पौडेलले कम्पनी संचालन गरि कर नतिरेको भन्दै कर तिर्न आन्तरिक राजश्व कार्यालयले सूचना जारी गरेको छ । २५ करोडका मालिक मध्ये पक्राउ परेका नारायण पौडेलका भाई बच्चु पौडेलले संचालन गरेको मेलम्चीमा रहेको रक्तमाला रोडा ढुङगा उद्योग प्रा.लि.लाई कर तिर्न पटक पटक फोन इमेल गर्दा समेत कर तिर्न नमानेको भन्दै आन्तरिक राजश्व कार्यालय धुलिखेलले बुधवार १५ दिने सूचना प्रकाशित गरेको हो । कार्यालयले जारी गरेको सूचनामा १५ दिन भित्र नतिरे मूल्य अधिवृद्धि कर ऐन, २०५२ को दफा २१ र २०५८ को दफा १०३ देखि १११ सम्म बमोजिम कानूनी कारवाहीको प्रकृया अपनाई असुल उपर गर्ने उल्लेख छ ।