काठमाडौ। नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक विक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले रौतहटमा नयाँ दुई एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच गरिमा मोटर्सको वर्कसप सञ्चालनमा ल्याएको हो । मधेश प्रदेशका पूर्वउद्योग, वाणिज्य तथा पर्यटनमन्त्री समीर भट्टराई, महिन्द्रा एन्ड महिन्द्राका तर्फबाट अटो डिभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीको उपस्थितिमा सो वर्कसपको उद्घाटन गरिएको थियो । बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तारले यस क्षेत्रका ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउने बताए । साथै, उनले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेको जानकारी दिए ।
कम्पनीका अनुसार यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य रौतहट वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । अग्नि ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरूबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ ।