काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको आवश्यकता र जनताको मागअनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने बताएका छन् । सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसिएसन (सिडेन)को बिहीबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्र र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताए । नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने उनको भनाइ थियो ।