काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सञ्चारमाध्यमहरुलाई बताएका छन् । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको पाईएको छ ।