काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाको यही वैशाख दुई गते मंगलबार बसेको सञ्चालक समितिको दुई सय ८६ औँ बैठकले यही वैशाख २९ गते संस्थाको १६ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ६९ करोड छ लाख ८२ हजार दुई सय ९३ रुपैयाँमध्येबाट कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशतका दरले हुन आउने ४९ लाख सात जार चार सय ७९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी हाल कायम रहेको चुक्ता पुँजीको १३ दशमलव पाँच प्रतिशतका दरले हुन आउने नौ करोड ३२ लाख ४२ हजार एक सय १० रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने तयारी पनि संस्थाको रहेको छ ।