काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड छ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड २३ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ४१ करोड ५४ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड ३४ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ७२ लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३३ करोड ९१ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड २६ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९१ लाख ८१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।