काठमाडौं : केही समय अगि रोपोर्टस क्लबमा कुटिएका नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा मुकेश यादव तीनकुने घटनाको भाटभटेनी लुटपाटमा संलग्न भएर पनि गृहमन्त्री रमेश लेखकको ठाडो आदेशमा छाडिएको पाइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शुक्रवार प्रतिनिधि सभा बैठकमा गत चैत्र १५ गते राजावादीले गरेको आन्दोलनमा अन्य व्यक्तिहरुलाई समातेर मुद्दा चलाइएको अवस्थामा मधेश कोटाबाट कांग्रेसमा सहमहामन्त्री भएका महेन्द्र यादवका छोरा मुकेश यादवलाई पक्राउ गरिएको केहि समयमानै सत्ताको बलमा छाडिएको विषयमा गृहमन्त्री लेखकलाई प्रश्न गरेका हुन् । राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधि सभामा कांग्रेस सहमहामन्त्रीको छोरा भाटभटेनी लुटपाटमा संलग्न भएर पनि गृहमन्त्रीको ठाडो आदेशमा छोडेको विषयमा प्रश्न उठाएपछि ती व्यक्ति को हुन भनेर चर्चा भएको थियो । भाटभटेनीवाट सो दिन वियर, स्याउ, सुन्तला, आलु, प्याज, चामल लगायतका सामग्रीहरु आन्दोलनकारीहरुले लुटपाट गरेको भन्दै करिव दुई दर्जन भन्दा बढीलाई पक्राउ गरिएको थियो जसमा सह–महामन्त्री महेन्द्र यादवका छोरा मुकेश यादव पनि पक्राउ परेका थिए । तर, उनलाई गुपचुप रुपमा गृहमन्त्री रमेश लेखकको ठाढो आदेशमा रिहा गरिएको बताइएको छ ।